२७ वैशाख २०८१, बिहिवार

बल्ल आयो प्यारीभिट्टा बसपार्क सञ्चालनमा

३० असोज २०८०, मङ्गलवार
Image

मेचीनगर, ३० असोज । मेचीनगर नगरपालिका–७ मा १० बर्ष अघि निर्माण भएको प्यारीभिट्टा बस पार्क आजबाट सञ्चालनमा आएको छ ।

बसपार्कको एक औपचारिक कार्यक्रमको आयोजना गरी नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले सञ्चालनको घोषणा गर्नुभएको हो । कार्यक्रममा पूर्व नगरप्रमुख विमल आचार्य, नगरक्षेत्रका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

बसपार्कमा एकैपटक दुई सयवटा बसले पार्किङ गर्न सक्ने उहाँको भनाई छ । काँकरभिट्टाबाट एक किलोमिटर पश्चिमतर्फ राजमार्गकै छेउमा वि.सं. २०७० सालमा प्यारीभिट्टा बसपार्क निर्माण गरिएको थियो । 

मेचीनगर नगरपालिकाले आन्तरिक स्रोतबाट रु. तीन करोड ३६ लाख २८ हजार र नगर विकास कोषको ऋणबाट रु. सात करोड ७७ लाख ७२ हजार जुटाएर स्थानीय शिवकुमार थापा, धुव्र शिवाकोटीलगायत १२ जनाले निःशुल्क प्रदान गरेको जमिनमा बसपार्क निर्माण गरेको थियो ।

 वि.सं. २०६८ असार १९ गतेबाट शिलान्यास कार्यक्रम नगरी दमकको लामा मैनाचुली शिवशक्ति जेभीले बसपार्कको निर्माण कार्य थालनी गरेको थियो । दुई वर्षपछि निर्माण सम्पन्न सो बसपार्कको औपचारिक उद्घाटन वि.सं. २०७४ भदौ १५ गते तत्कालीन नगरप्रमुख विमल आचार्य र संस्थापक नगरप्रमुख रविन कोइरालाले संयुक्त रुपमा गर्नुभएको थियो ।

बसर्पाकमा विद्युत, खानेपानी र व्यवस्थित शौचालयको समेत व्यवस्था गरिएको छ ।