८ कार्तिक २०८१, बिहिवार

भूकम्प पीडितलाई मेची अभियानमार्फत शर्माको सहयोग

१८ कार्तिक २०८०, शनिवार
Image

मेचीनगर, १८ कात्तिक । प्रतिनिधिसभाका सदस्य तथा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले रुकुम पश्चिम तथा जाजरकोटमा शुक्रवार राति गएको विनाशकारी भूकम्पका पीडितलाई राहत पुर्याउन रु. २५ हजार सहयोग गर्नु भएको छ ।

उहाँले मेची अभियानमार्फत सहयोग प्रदान गर्नका लागि उक्त रकम दिनु भएको अभियानका संयोजक बिजय डालमियाले बताउनुभयो । अभियान एउटा सामाजिक संस्थाको रुपमा परिचित छ ।

वि.सं. २०७२ वैशाख १२ गते गएको महाभूकम्पका बेला सहयोग पुर्याउनका लागि मेची अभियान गठन भएको थियो । उक्त अभियानको संस्थापकहरुमा महामन्त्री शर्मा पनि हुनुहुन्थ्यो ।

संकट र विपतका बेला प्रायः सक्रिय हुने मेची अभियानलाई फेरि सक्रिय बनाउन अभियानका संयोजक डालमियाले आइतवार विहान ११ बजे मेची उद्योग वाणिज्य संघको हलमा सर्वपक्षीय भेलाको आह्वान गर्नु भएको छ ।

अभियानलाई कसरी अघि बढाउने र भूकम्प पीडितका लागि राहत संकलन र वितरण कसरी गर्ने भन्ने विषयमा छलफल गरिने उहाँको भनाई छ ।