४ जेठ २०८१, शुक्रवार

घाँस काट्न हिँडेका रिजाल हात्ती आक्रमणबाट घाइते

१९ कार्तिक २०८०, आइतवार
Image

धुलाबारी, १९ कात्तिक । जंगली हात्तीको आक्रमणमा परी मेचीनगर नगरपालिका–२ बाहुनडाँगीमा आज विहान ४२ बर्षीय गोपाल रिजाल घाइते हुनुभएको छ । 

घाँस काट्न जंगल निस्किनु भएका उहाँलाई हात्तीले आक्रमण गरी गम्भीर घाइते बनाएको हो । घाइते रिमालको विर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार भइरहेको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले बताउनुभयो । 

वडा नम्बर २ का अध्यक्ष दीपक बरालका अनुसार उहाँको हाल सघन कक्षमा राखेर उपचार भइरहेको छ । घाइते रिजालको शरीरका सातवटा करङ र दाहिने हात भाँचिएको छ भने फोक्सामा समेत पानी जमेको चिकित्सकले बताएको उहाँले जानकारी दिनुभयो ।