४ जेठ २०८१, शुक्रवार

कोशी सरकारलाई दिएको समर्थन फिर्ता नलिने एमालेको निर्णय

२० कार्तिक २०८०, सोमवार
Image

झापा, २० कात्तिक । नेकपा एमालेले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ ।

मुख्यमन्त्री केदार कार्कीले माओवादी केन्द्र र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएपछि एमालेका मन्त्री राम रानाले शनिबार राजीनामा दिनुभएको थियो ।  सोमबार बसेको संसदीय दलको बैठकले तत्कालका लागि समर्थन फिर्ता नलिने निर्णय गरेको प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिनुभयो । ‘सरकारबाट चाहिँ हामी फिर्ता भयौं, दिएको विश्वासको मत चाहिँ कायमै राख्ने निर्णय गर्यौं’ उहाँले भन्नुभयो ।

उहाँले सरकारको काम कारबाही र परिस्थिति हेरेर निर्णय गर्ने बताउनुभयो ।