४ जेठ २०८१, शुक्रवार

विर्तामोड नगरपालिकाले पठायो रु पाँच लाख सहयोग

२० कार्तिक २०८०, सोमवार
Image

धुलाबारी, २० कात्तिक । भूकम्पले क्षति पुगेको पश्चिम नेपालको जाजरकोट र रुकुमपश्चिममा विर्तामोड नगरपालिकाले रु. पाँच लाख सहयोग स्वरुप पठाउने भएको छ ।

पालिकको आज विहान बसेको कार्यपालिका बैठकले सो निर्णय गरेको हो । जिल्लामै पहिलोपटक सहयोग स्वरुप भूकम्प प्रभावित क्षेत्रमा रकम पठाउन निर्णय गर्ने विर्तामोड पहिलो पालिका हो । 

पालिकाको विपद व्यवस्थापन कोषबाट रु पाँच लाख पठाउने निर्णय गरिएको पालिका प्रमुख पवित्रा महतराले बताउनुभयो । उहाँले भूकम्पका कारण सर्वस्व गुमाउन पुगेका पीडितहरुलाई राहत पुग्ने उद्देश्यले पठाउन लागेको रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने बताउनुभयो । 

पालिका प्रमुख महतराले नगर क्षेत्र भित्रका सम्पूर्ण संघसंस्थाहरुलाई समेत सहयोग संकलन गरी पठाउनका लागि अपील गर्नुभएको छ ।