४ जेठ २०८१, शुक्रवार

बुद्धशान्तिमा भिनाजुको हत्या गर्ने एक पक्राउ

२३ कार्तिक २०८०, बिहिवार
Image

मेचीनगर, २३ कात्तिक । आफ्नै भिनाजु ४५ बर्षीय धनबहादुर कटुवालको हत्या आरोपमा प्रहरीले बुद्धशान्ति गाउँपालिका–५ का एक व्यक्तिलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सोही स्थानका ३५ बर्षीय रोशन अधिकारी रहेका छन् । उनले बुधबार राति घरायसी विवादमा भिनाजु धनबहादुरलाई धारिलो खुकुरी र बाँसको भाटा प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले घरायसी विवादमा हतियार र भाटा प्रयोग गरी अधिकारीले कटुवालाई घाइते बनाएको बताउनुभयो । घाइते कटुवाललाई उपचारका लागि राति नै प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । उपचारकै क्रममा उहाँको मृत्यु भएको हो ।