४ जेठ २०८१, शुक्रवार

छाक कटाएर कैदीबन्दीले दिए सहयोग

२५ कार्तिक २०८०, शनिवार
Image

झापा, २४ कात्तिक  झापा जिल्ला कारागारका कैदीबन्दीले जाजरकोट र पश्चिम रूकुमका भूकम्प पीडितहरूको सहयोगार्थ आधा दिनको सिदा रकम प्रदान गरेक
कैदीबन्दीका तर्फबाट प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा आज रू. ५८ हजार ६८५ जम्मा गरिएको कारागार प्रमुख मोहन पनेरुले बताउनुभयो ।
कैदी बन्दीले दैनिक सिदा बापत रू. ८० पाउँछन् । त्यसमध्ये आधा रकम भूकम्प पीडितलाई सहयोग दिइएको हो ।
झापा कारागारमा हाल १५६० जना कैदी बन्दी रहेका छन् ।
यसैगरी, विर्तामोड नगरपालिकाले भूकम्प पीडितको सहयोगार्थ रू. पाँच लाख सहयोग गरेको छ ।
नगर कार्यपालिकाको बैठकले निर्णय गरेपछि उक्त सहयोग रकम प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा जम्मा गरिएको नगरप्रमुख पवित्रा महतराले बताउनु भयो ।