२५ वैशाख २०८१, मङ्गलवार

उपसभामुख रानाद्वारा दाजुहरुलाई सप्तरंगी टीका

२९ कार्तिक २०८०, बुधवार
Image

झापा, २९ कात्तिक  । प्रतिनिधि सभा उपसभामुख इन्दिरा रानाले आज झापामै आफ्नो दुर्ई जना दाजुलाई सप्तरङ्गी टीका लगाइदिनुभएको छ । 

उहाँले अर्जुनधारा नगरपालिका–११ मा रहेको सिभिक पुस्तकालय भवनमा आफ्ना दाजुद्वय जगतबहादुर र रणबहादुर रानालाई टीका लगाइदिनुभएको हो । केही महिना अघि मात्र उपसभामुखले सो पुस्तकालयको स्थापना गर्नुभएको थियो ।

हाल पुस्तकालय रहेको भवनको एउटा कोठालाई उहाँले निवासका रुपमा प्रयोग गर्दै आउनुभएको छ । 


उपसभामुख रानाले आफ्नो सुरक्षामा खटिएका  नारायण कोइरालालाई  दाजुहरुसँगै राखेर टीका लगाइदिनुभएको छ ।

–––