२१ वैशाख २०८१, शुक्रवार

उत्तरकाशीमा सुरुङमा फँसेको १७ दिनपछि उद्धार

१२ मंसिर २०८०, मङ्गलवार
Image

झापा, १२ मंसिर । भारतको उत्तरकाशीमा सुरुङभित्र फँसेका कामदारलाई १७ दिनपछि आज साँझ सकुशल उद्धार गरिएको छ ।

उद्धार टोलीले आज राति साढे ८ बजेतिर पहिलो व्यक्तिलाई सुरुङबाट सकुशल बाहिर निकाल्न सफल भएका थिए । त्यसपछि लगातार अरु व्यक्तिलाई बाहिर निकालिएको हो ।

तिहारको भाइटिकाका दिन पहिरो खस्दा ४१ जना कामदार सुरुङभित्र थुनिएका थिए । उनीहरुलाई यतिका दिनसम्म सुरुङभित्र अक्सिजन, पानी र खाना पाइपबाट पठाएर बचाइएको थियो ।

पहिरो जाँदा कामदारहरु रहेको ६० मिटर लामो सुरुङभित्र ढुंगामाटो भरिएको थियो । त्यसलाई खनेर पाइप पठाइएको थियो । त्यही पाइपबाट उनीहरुलाई बाहिर निकालिएको हो ।