२१ वैशाख २०८१, शुक्रवार

एउटामा सिटौला, अर्कोमा एमाले बिजयी

११ माघ २०८०, बिहिवार
Image

झापा, ११ माघ । नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौला राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

उहाँले राप्रपा उम्मेदवार उद्धव पाैडेललाई पराजित गर्नुभएको हो ।

काेशी प्रदेशबाट २ जना निर्वाचित हुनुपर्नेमा अर्को एक सिट सत्तारूढ गठबन्धनले गुमाएको छ ।

नेकपा एमालेकी रूक्मिणी काेइराला राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनुभयो ।

सिटौला अब गठबन्धनकाे तर्फबाट राष्ट्रिय सभा अध्यक्षकाे उम्मेदवार बन्नुहुनेछ ।

काेशीमा गठबन्धनसँग जित्न पर्याप्त मत भए तापनि गठबन्धनका मतदाताले फ्लाेर  क्रस गरेर  एमालेलाई जिताएकाे घटनालाई अर्थपूर्ण मानिएको छ ।