२५ वैशाख २०८१, मङ्गलवार

मेची भन्सारद्वारा पत्रकारसहित दर्जन बढी सम्मानित

१२ माघ २०८०, शुक्रवार
Image

मेचीनगर, १२ माघ । झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले खुल्ला सीमा नाकाका कारण अपेक्षित रुपमा राजश्व संकलन हुन नसकेको बताउनुभएको छ ।

मेची भन्सार कार्यालय काँकरभिट्टा र भद्रपुर भन्सार कार्यालयले शुक्रवार संयुक्त रुपमा आयोजना गरेको ७२ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको समापन समारोहमा प्रअिज बास्तोलाले खुल्ला सीमानाले पनि यस्तो अवस्था सिर्जना भएको बताउनुभयो ।


“राजस्व गुम्न नदिन भन्सारमा अत्याधुनिक प्रणाली लागू भई कार्यान्वयनमा आएको छ” राजस्व चुहावट नियन्त्रण समितिका जिल्ला अध्यक्षसमेत रहेका बाँस्तोलाले भन्नुभयो, “तर, जिल्लाको करिब १ सय ४४ किलोमिटर खुल्ला सीमाले नियन्त्रण प्रयास प्रभावकारी भएको छैन ।”

परम्परागत आयातमा आधारित अर्थतन्त्रमा अहिलेसम्म राजस्वको मूल स्रोत नै भन्सारलाई मानिएको उल्लेख गर्दै उहाँले मेची भन्सार आयातभन्दा निर्यातमुखी बनेको बताउनुभयो । 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, पूर्व केन्द्रीय सदस्य केशवराज पाण्डे, चेम्बर अफ कमर्स झापाका अध्यक्ष ओमकृष्ण विमली, मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेल र भारत पानीट्याङकी कस्टमकी एशिस्टेशन कम्सिनार निमा लामा शेर्पा लगायतले शुभकामना मन्तव्य व्यक्त राखेका थिए ।

सोही अवसरमा भन्न्सारको साताव्यापी कार्यक्रम अन्तरगत स्वास्थ्य, खेलकुद, शिक्षा, कर्मचारी, उद्योगी–व्यवसायी र पत्रकारितामा योगदान पुर्याए वापत विभिन्न व्यत्तित्वहरुलाई सम्मान गरिएको छ ।

भन्सारले सीमा नाका र भन्सारसँग सम्बन्धित विषयमा कलम चलाए वापत जनसंसद् डटकमका प्रधान सम्पादक मुक्ति पौडेल, मेरो मेचीनगर डटकमका प्रधान सम्पादक लक्ष्मी उप्रेती र राष्ट्रिय समाचार समिति (रासस)की झापा समाचारदाता अम्बिका भण्डारीलाई प्रसंशा पत्रद्वारा सम्मान गरेको छ ।

गतवर्ष सर्वाधिक राजस्व दाखिला गर्ने नेपाल आयल निगम चारआली शाखाका प्रमुख शरणराज भट्टराई, गतवर्ष सर्वाधिक मूल्यको मालवस्तु निकासी गर्ने आरती स्ट्राइप्स प्रालि टंकिसिनुवारी मोरङका कार्यकारी प्रमुख विशाल गुप्ता र गतवर्ष सर्वाधिक मूल्यको कृषिजन्य मालवस्तु निकासी गर्ने नेपाल एभरेष्ट कार्डामम प्रडक्सन एण्ड प्रोसेसिङ प्रालिका ओमकृष्ण विमली, एभरग्रिन ट्रेड सेन्टरका प्रोपाइटर केशवराज पाण्डे  सम्मानित हुनुभएको छ ।

मेची भन्सारका कर्मचारीतर्फ कम्प्युटर अधिकृत चन्द्रबहादुर क्षेत्री, नायब सुब्बा लक्ष्मण तामाङ र भद्रपुर भन्सारकी कार्यालय सहयोगी रिता खवास कार्कीलाई सम्मान गरिएको छ । मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीको अध्यक्षतामा सम्पन्न समारोहको स्वागत भद्रपुर भन्सार कार्यालयका अधिकृत अमित तिवारी र सञ्चालन मेची भन्सार कार्यालयका कर्मचारी विपी कोइरालाले गरेका गर्नुभएको थियो ।