२० वैशाख २०८१, बिहिवार

मिटर ब्याज पीडितले सुरु गरे ‘न्याय यात्रा’

१६ माघ २०८०, मङ्गलवार
Image

मेचीनगर, १६ माघ । मिटर ब्याज पीडितहरुले आज मेची पुलबाट ‘न्याय यात्रा’ थालेका छन् ।

यात्राको आयोजना मिटर ब्याज तथा ठगी किसान मजदुर संघर्ष समिति नेपालले गरेको हो ।

‘न्याय यात्रा’मा विभिन्न जिल्लाका ५० जना पीडित सहभागी छन् । उनीहरुले यात्रा अवधिभरका लागि खाने र बस्ने सामान साथमै बोकेका छन् । पैदलै हिँडेर चितवन पुग्ने र १५ दिनमा काठमाडौं पुगेर वृहत विरोध प्रदर्शनमा सहभागी हुने उनीहरुले बताए । 

महेन्द्रनगरको गड्डाचौकीबाट समेत आजै ‘न्याय यात्रा’ निस्किएको छ । दुईतिरबाट आउने यात्राको भेट चितवनमा हुने बताइएको छ । 

मिटर ब्याज तथा ठगी किसान मजदुर संघर्ष समितिका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहले माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताएका छन् । ‘फर्जी लिखत’ बदर हुनुपर्ने र ‘पीडितको सम्पत्तिको हक हस्तान्तरण’ खारेज हुनुपर्ने लगायत उनीहरुले छ बुँदे माग सरकारलाई बुझाएका छन् ।

झापामा ६०० भन्दा बढी मिटर ब्याज पीडित रहेको संघर्ष समितिका झापा सचिव नाराद दवाडीले जानकारी दिए । उनले आन्दोलन शान्तिपूर्ण हुने र माग पूरा नभएसम्म नरोकिने बताए । मेचीनगर–६ का पदम कटुवाल सरकारले अन्याय परेका आफ्ना नागरिकलाई न्याय दिन चुकिरहेको आरोप लगाएका छन् ।

" target="_blank">