१९ वैशाख २०८१, बुधवार

दुबईमा अलपत्र चन्द्रगढीका अजितको उद्धार

१८ माघ २०८०, बिहिवार
Image

मेचीनगर, १८ माघ । दुबईमा अलपत्र भद्रपुर नगरपालिका वडा नं. १० चन्द्रगढीका अजित राजबंशीलाई उद्धार गरेर स्वदेश ल्याइएको छ ।

वैदेशिक रोजगारीको क्रममा दुबई पुगेका राजबंशी उतै बिरामी परेर ओछ्यानमा थलिनु भएको थियो । उद्धारको पहल गर्नुभएको प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माका अनुसार बिरामी परेर काम गर्न नसक्ने अवस्था भएपछि उहाँ घर फर्किन चाहनुहुन्थ्यो । तर घर फर्काउन कम्पनीले असहयोग गरेपछि कानूनी जटिलता समेत उत्पन्न भएको थियो ।

राजबंशीको अवस्था थाहा पाएपछि सांसद् शर्माले दुबईस्थित नेपाली जनसम्पर्क समितिका अध्यक्ष भवानीप्रसाद तिम्सिनामार्फत अबिलम्ब उद्धार गराउनु भएको थियो ।

उद्धारपछि राजबंशी बुधवार राति काठमाडौं आइपुग्नु भएको छ । आज उहाँ घर आइपुग्नु हुनेछ । सांसद् शर्मा, प्रकाश ढुंगेल र नेपाली काँग्रेस झापा १ काठमाडौ सम्पर्क समितिका सभापति प्रज्वल कोइरालाले उहाँलाई बुधवार राति त्रिभुवन विमानस्थलमा स्वागत गर्नु भएको थियो ।