१५ वैशाख २०८१, शनिवार

सुर्तीजन्य पदार्थ निषेध गरेकोमा कनकाईका मेयर सम्मानित

२१ माघ २०८०, आइतवार
Image

विर्तामोड, २१ माघ । कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्र पोखरेललाई क्यान्सर फाउन्डेसन नेपालले आज सम्मान गरेको छ ।

कनकाई नगरपालिकामा सुर्तीजन्य पदार्थ निषेधित गर्ने कार्यक्रममा योगदान पुर्याएवापत उहाँलाई सम्मान गरिएको हो ।

फाउन्डेसनका अध्यक्ष डा. वीरेन्द्र यादवले झापामा पहिलोपल्ट कनकाईमा सुर्तीजन्य पदार्थ निषेध भएकोमा खुशी व्यक्त गर्दै सुर्तीजन्य पदार्थको सेवनले क्यान्सर निम्त्याउने बताउनुभयो ।

उहाँले अरु पालिकाले पनि कनकाईले झैं सुर्तीजन्य पदार्थको विक्री वितरण र सेवनलाई नियन्त्रण गर्नुपर्ने सुझाव राख्नुभयो ।

सम्मान कार्यक्रम विर्तामोडको सिद्धार्थ होटलमा भाएको थियो । क्यान्सर दिवसको  उपलक्ष्यमा आयोजित कार्यक्रममा गरिएको सम्मान कार्यक्रममा नगरकी उपप्रमुख आशा शर्मा शिवाकोटी समेत उपस्थित हुनुहुन्थ्यो ।