२६ वैशाख २०८१, बुधवार

स्वतन्त्र प्यानलकाे उम्मेदवारी घाेषणा, पाँच दलको समर्थन

३ फागुन २०८०, बिहिवार
Image

विर्तामोड, ३ फागुन । विर्तामोड उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा नेकपा एमालेसहित पाँच मुख्य दलकाे समर्थनमा स्वतन्त्र व्यावसायिक प्यानलले आज उम्मेदवारी घाेषणा गरेको छ ।

प्यानलकाे नेतृत्व अध्यक्षका उम्मेदवार अर्जुन मैनालीले गर्दैछन् ।

अतिथि सदनमा आज घाेषणा गरिएको उक्त प्यानललाई नेकपा एमाले, नेकपा माओबादी, राप्रपा, रास्वपा र जसपाकाे समर्थन छ ।

प्यानलबाट वरिष्ठ उपाध्यक्षमा राजकुमार घिमिरे, वाणिज्य उपाध्यक्षमा गङ्गा मैनाली, उद्योग उपाध्यक्षामा ओमप्रकाश श्रेष्ठ, महासचिवमा कृष्ण पाैडेल, जनसम्पर्क सचिवमा गाेमा भट्टराई,  सचिवमा कृष्ण चापागाईं, काेषाध्यक्षमा युवराज निराैला, सह काेषाध्यक्षमा निशा कर्ण, महिला सदस्यहरूमा चन्द्र भट्टराई र शुष्मा उप्रेती उम्मेदवार रहनु भएको छ ।

यसैगरी, खुला सदस्यतर्फ शत्रुघन राैनियार, केदार खनाल,  राकेश सहनी, रीता चाैधरी, कृष्ण बजगाई, साेहनलाल राजबंशी र आमिर खान उम्मेदवार बन्नु भएको छ ।

विगत लामो अवधिदेखि बहुमतसहित नेपाली काङ्ग्रेस समर्थित अध्यक्ष निर्वाचित हुँदै आएको अवस्थामा यसपालि एमाले नेतृत्वको प्यानलले नयाँ इतिहास रच्ने गरि नतिजा आफ्नो पक्षमा पार्ने स्वतन्त्र व्यावसायिक प्यानलका नेताहरूले दावी गरेका छन् ।