२६ वैशाख २०८१, बुधवार

इन्डियन आइडलकी चर्चित गायिका मेनुका धुलाबारी आउने

४ फागुन २०८०, शुक्रवार
Image

मेचीनगर, ४ फागुन । चर्चित गायिका मेनुका पौडेल मेचीनगरको धुलाबारीमा आयोजना हुने कार्यक्रममा शनिवार आउने भएकी छन् ।

मेचीनगर–१० खयरडाँगीको मंगल चोक मंगल मार्ग संरक्षण समितिले शनिवार आफ्नो स्थापना दिवसको अवसरमा सांगीतिक तथा सम्मान कार्यक्रम आयोजना गर्दैछ ।

सोही कार्यक्रममा इन्डियन आइडलकी टपटेन सहभागी पौडेललाई मेचीनगरका विभिन्न संघ संस्थाले संयुक्त अभिनन्दन गरिने समितिका संयोजक गोकुल खड्काले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

गायिका पौडेललाई नगदसहित सम्मान गरिने र उनको प्रस्तुति समेत रहने बताइएको छ । इन्डियन आइडलबाट फर्केर स्वदेश आएपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुन लागेकी हुन् ।

शनिवार साँझ ५ बजेतिर कार्यक्रम सुरु हुने बताइएको छ । समितिले हरेक वर्ष मंग चोक मंगल मार्ग नामकरण भएको खुशीयालीमा उल्लासपूर्वक सांगीतिक कार्यक्रमको आयोजना गर्दै आएको छ ।