२४ वैशाख २०८१, सोमवार

अहिले भर्खरै

अदालतको फेरि अर्को आदेश : देवीभक्तलाई होटल सञ्चालन गर्न दिनु

१३ फागुन २०८०, आइतवार
Image

मेचीनगर, १३ फागुन । उच्च अदालत विराटनगर इलाम संयुक्त इजलासले काँकरभिट्टाको होटल हिकोला हेरिटेजको सञ्चालन सम्बन्धी विवादमा (दोस्रोपटक) अन्तरिम आदेश जारी गरेको छ ।

अदालतले घरधनी विष्णुमाया श्रेष्ठको नाममा आज जारी गरेको नयाँ अन्तरिम आदेशमा मुद्धाको अन्तिम निर्णय नआउञ्जेलसम्मका लागि होटल सञ्चालक देवीभक्त श्रेष्ठलाई होटल चलाउन दिनु भनिएको छ ।

आज मुद्धाका दुबै पक्षलाई अदालतले छलफलका लागि बोलाएको थियो । छलफल पश्चात अदालतले जारी गरेको आदेशमा सम्झौता भएको सम्बन्धमा कुनै विवाद नभएको स्पष्ट उल्लेख छ । 

उच्च अदालत बिराटनगर इलामले गत फागुन ६ गते यस्तै अल्पकालीन अन्तरिम आदेश जारी गरी व्यवसायी देवीभक्त श्रेष्ठलाई होटल सञ्चालन गर्न दिनु भनेको थियो ।

आज न्यायाधीश राजेशकुमार काफ्ले र ऋषिराज भण्डारीको संयुक्त इजलासले आज अन्तरिम आदेश जारी गरेको हो । यसअघिको आदेश न्यायाधीश किरण पौडेलले आदेश जारी गर्नु भएको थियो ।

व्यवसायी देवीभक्त श्रेष्ठले होटल सञ्चालन गर्नका लागि मेचीनगर–६ काँकरभिट्टामा स्थानीय विष्णुमाया श्रेष्ठको घर १५ वर्षका लागि लिखित सम्झौता गरी भाडामा लिनु भएको थियो । 

सम्झौता बमोजिम २०७६ मा भाडामा लिइएको उक्त घरमा होटल सञ्चालन भइरहेकै अवस्थामा घरधनी श्रेष्ठ र व्यवसायी श्रेष्ठबीच विवाद उत्पन्न भएपछि होटल व्यवसायी देवीभक्त श्रेष्ठ अदालत जानु भएको थियो ।

आजको आदेश यस्तो छ–

यस रिट निबेदनमा उल्लेखित घर दुई पक्षबीच मिति २०७६÷०३÷११ गते भएको करार अनुसार होटल सञ्चालनको लागि भाडामा लिने दिने विषयमा सम्झौता भएको सम्बन्धमा कुनै विवाद भएको नदेखिदा प्रस्तुत रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म यस अदालतबाट मिति २०८०÷११÷०६ गते जारी गरिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता प्रदान गरिएको छ । विपक्षीहरुबाट लिखित जवाफ पेश भएपछि नियमानुसार पेश गर्नुहोला ।

यो पनि पढ्नुहोला-
घरधनीद्वारा अदालती आदेशको अवज्ञा
अदालतको पहिलो अल्पकालीन अन्तरिम आदेश