२४ वैशाख २०८१, सोमवार

कलेजका अध्यक्ष सुन तस्करीको आरोपमा पक्राउ

१४ फागुन २०८०, सोमवार
Image

झापा, १४ फागुन । सुन तस्करी प्रकरणमा एक कलेज सञ्चालक पक्राउ परेका छन् । 

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पर्वत फुलबारी–२ घर भएका काठमाडौँको डिल्लीबजार कालिकास्थानस्थित प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवनकुमार गुरुङलाई आज पक्राउ गरेको छ ।

दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनाको छानबिन र अनुसन्धानका क्रममा गुरुङ योजनाकार रहेको पत्ता लागेपछि गुरुङलाई सामाखुसीबाट पक्राउ गरिएको सीआईबीका प्रवक्ता तथा प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

तस्करी घटनामा पक्राउ पुर्जी जारी भएपछि गुरुङ फरार थिए । उनी आज पक्राउ परेका हुन् ।