९ मंसिर २०८१, आइतवार

स्थानीय तह तथा करारका कर्मचारी सेवासुविधाबाट बञ्चित

१५ फागुन २०८०, मङ्गलवार
Image

रेवतिराज घिमिरे

भद्रपुर १५ फागुन । चन्द्रगढीमा आयोजित कर्मचारीहरुले सरकारले स्थानीय तह तथा  करारका कर्मचारीका हकहित तथा  सुविधालगायतका कुराबाट  बन्चित गरेको बताएका छन् ।

नेपाल निजामती कर्मचारी युनियन झापाद्वरा मंगलवार चन्द्रगढीमा आयोजित संगठन विस्तार तथा सुदृढीकरण अभियान  कार्यक्रममा  सहभागी कर्मचारीले यस्तो धाराणा राखेका हुन ।

स्वास्थ्यकर्मीको बढुवाका विषयमा  विभेद गरिएको,करार कर्मचारीको समस्या सुनुवाई नभएको लगायतका समस्याहरु रहेकोले सबै समस्याको समाधान गर्न निजामति ऐन जारी गर्नु पर्ने तथा समस्याको समाधानको पहल गर्न युनियन सक्रिय भएर लाग्नु पर्ने बताउनुभएको हो ।

यसरी समस्याहरु राख्नेमा  प्रकाशचन्द्र चौधरी, रमला बराल, केशव दाहाल लगायतका निजामति कर्मचारीले कर्मचारीका समस्याका बारेमा अवगत गराउनु भएको थियो । 

जिज्ञासाको जवाफ दिदै युनियनका केन्द्रीय सचिव झपेन्द्र पोखरेलले युनियनले निजामति ऐनमा कर्मचारीका अधिकार समेट्ने लगायतका हकहितका क्षेत्रमा  काम गरिरहेको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद भुमि राजवंशीले देशको सुदृढीकरणका लागि निजामति कर्मचारीको भुमिका अपरिहार्य रहेको बताउँदै निजामति कर्मचारीका समस्याको समाधान गर्न आफु प्रतिबद्ध भएर लाग्ने बताउनुभयो ।

कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै युनियन झापा अध्यक्ष कविन्द्रबिक्रम नेम्वाङले युनियनले स्थानीय तहदेखि केन्द्रीय तहसम्म समन्वयाकारी भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा युनियन प्रदेश संयोजक मान बहादुर वन, केन्द्रीय सदस्यीय दिनेश पोखरेल, ट्रेड युनियन कांग्रेस सभापति यज्ञप्रताप अधिकारी, लगायतले बोल्दै युनियनले अन्याय र समस्यामा परेका कर्मचारीलाई प्राथामिकतामा राखेर काम गर्नु पर्नेमा जोड दिनुभयो । नेम्वाङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन चन्द्र पौडेलले गर्नुभएको थियो ।