२ कार्तिक २०८१, शुक्रवार

बिशे नगर्ची राष्ट्रिय पुरस्कार वितरण गरिने

१५ फागुन २०८०, मङ्गलवार
Image

मेचीनगर, १५ फागुन । गोर्खा फाउण्डेशन नेपालले विभिन्न विधामा विशिष्ट योगदान गरेका व्यक्तिहरूलाई सम्मान गर्ने भएको छ । 

फाउण्डेशनले उनीहरुलाई बिशे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान प्रदान गर्ने मंगलबार पत्रकार भेट्घाट कार्यक्रम गरी जानकारी दिएको हो । 

फरक फरक विधामा २ जना राष्ट्रिय स्तरमा योगदान गरेका व्यक्तिहरूलाई नगद  ५१ हजार रुपैयाँसहित सम्मान गरिने फाउण्डेशनका अध्यक्ष विरु दर्नालले जानकारी दिनुभयो ।

राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहलाई सहयोग गरेका बिशे नगर्चीको योगदानलाई ताजा राख्न कार्यक्रम आयोजना गर्न लागिएको उहाँले बताउनुभयो । समयले बिर्सिँदै गएको अवस्थामा उहाँको योगदानलाई ताजा बनाउने र सबै समग्र समाजसँग चाहिँ एउटा उत्पीडित जातिको पनि योगदान त्यो समयमा राज्य एकीकरणमा थियो भन्ने अहिलेको पुस्तालाई बुझाउन जरुरी रहेको उहाँको भनाई छ ।

कार्यक्रम चैत्र १७ गते शनिबार बिर्तामोडमा आयोजना गरिने फाउण्डेशनले जनाएको छ । झापाका सबै पालिका कार्यक्रमको सह–आयोजक रहने उहाँले बताउनुभयो। फाउण्डेशनका अध्यक्ष दर्नालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम सचिव रञ्जित परियारले सञ्चालन गर्नभएको थियो ।