१६ वैशाख २०८१, आइतवार

नारी दिवसमा छ जना उत्कृष्ट प्रतिभा सम्मानित

२९ फागुन २०८०, मङ्गलवार
Image

मेचीनगर, २९ फागुन । मेचीनगर वडा नं. १४ ले नारी दिवसको अवसर पारेर छ जना उत्कृष्ट नारी प्रतिभालाई सम्मानित गरेको छ ।

दुहागढीस्थित वडा कार्यालयमा सोमवार आयोजित कार्यक्रममा नगरकी उपप्रमुख मीना उप्रेतीले उत्कृष्ट प्रतिभाहरुलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गर्नु भएको थियो ।

सम्मानित हुनेहरुमा ज्येष्ठ महिला गोमा मैनाली, प्रथम हज यात्री जलेखा खातुन, तेक्वान्दोकी स्वर्ण पदक बिजेता अञ्जु रायमाझी, प्रगति महिला कृषि सहकारीकी गोमा ढकाल, ग्रामीण अपांगता पुनस्र्थापना समितिकी नीलादेवी भट्टराई, एसइइमा उत्कृष्ट (बालसुबोधिनी) निरुता राजबंशी र एसइइमा उत्कृष्ट (सीताराम सामुदायिक) रक्षा निरौला रहनु भएको छ ।

वडाध्यक्ष बाबुलाल सुब्बाको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य कविता खनाल मिजार, पत्रकार अम्बिका भण्डारी, महिला अधिकारकर्मी दुर्गा महत लगायत अतिथि हुनुहुन्थ्यो । कार्यक्रमको सञ्चालन वडा सचिव लक्ष्मी राईले गर्नु भएको थियो ।