१६ वैशाख २०८१, आइतवार

प्रहरीले फागुनमा पक्रियो ३७ लाखको अबैध सामान

१ चैत २०८०, बिहिवार
Image

मेचीनगर, १ चैत । झापाको विभिन्न नाकाबाट एक महिनामा अबैध रुपमा नेपाल भित्रिएको ३७ लाख ५१ हजार ४४० रुपैयाँ बराबरको भारतीय मालसामान प्रहरीले बरामद गरेको जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय झापा र मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले फागुन महिनामा तीमा अबैध सामान बरामद गरेको हो ।

बरामद सामानमा कस्मेटिक आइटम, किराना सामग्री, लत्ताकपडा, सवारी साधनका पार्टस् तथा विद्युुतीय पार्टसहरु, सुर्तिजन्य पदार्थ सहित नौ वटा सवारी साधन रहेका छन् भने २६ वटा पशुचौपाया नियन्त्रणमा लिइएको छ ।

नियन्त्रणमा लिइएका सामान आवश्यक कार्वाहीका लागि भन्सार कार्यालयमा बुझाइएको जनाइएको छ । 

एक महिनामा १०६ जना फरार अभियुक्त पक्राउ गरी झापा जिल्ला अदालतमा उपस्थित गराएको छ ।