१८ वैशाख २०८१, मङ्गलवार

पर्यावरण जोगाउन झापाका पाँच युवाले थाले मेची–महाकाली पैदल यात्रा

२३ चैत २०८०, शुक्रवार
Image

मेचीनगर, २३ चैत । पर्यावरण जोगाउन झापाका पाँच युवाले आज मेची पुलबाट मेची–महाकाली पैदल यात्रा थालेका छन् ।

आज विहान मेची नदीको पानी बोकेर काँकरभिट्टास्थित मेची पुलबाट उनीहरुले सामूहिक पैदलयाधा सुरु गरेका हुन् ।

पैदलयात्रामा दमक–१० का सुवास सुवेदी, पदम भण्डारी, उमेश राई, दमक–५ का दिनेश भण्डारी र शिवसताक्षी–३ का हरि न्यौपाने रहेका छन् । 

पूर्वपश्चिम राजमार्गको ५० भन्दा बढी सहरमा स्थनीयसाँग अन्तरक्रिया गर्ने र एक हजार भन्दा बढी स्ययम्सेवक तयार पार्ने उद्देश्य लिएको उक्त टोलीले ६० दिनमा महाकाली पुगेर यात्रा समापन गर्ने जनाएको छ ।

सुरुका दिनमा २० किलोमिटर त्यसपछि दैनिक ४० किलोमिटरसम्म पैदल हिड्ने उनीहरुको योजना रहेको छ ।

मेचीदेखि महाकालीसम्म पुग्दा १२ हजारभन्दा  व्यक्तिहरुसँग प्रत्यक्ष छलफल हुने र  १० लाखभन्दा बढी  नागरिकमा पर्यावरण जोगाउने सन्देश पुर्याउने उनीहरुको लक्ष्य छ ।

उनीहरुले हरेक व्यक्तिले ८ वटा रुख रोप्नु पर्ने अभियानका क्रममा सन्देश फैलाइने अयिभन्ता सुबेदीले बताएका छन् । 

आज विहान काँकरभिट्टामा उनीहरुले पत्रकार सम्मेलन आयोजना गरेका थिए ।