२० वैशाख २०८१, बिहिवार

थापाको सुझाव : राजीनामा दिनुपर्छ, मध्यावधिमा जानुहुँदैन

२७ चैत २०८०, मङ्गलवार
Image

झापा, २७ चैत । नेपाली कांग्रेस कोशी संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री केदार कार्कीले राजीनामा दिएर नयाँ सरकार गठनको बाटो खोल्न सुझाव दिनु भएको छ ।

कार्कीले कम्पनीजस्तो गरेर प्रदेश सरकार चलाएको थापाको आरोप छ । एमाले र माओवादीका सांसदले विश्वासको मत फिर्ता लिइसकेकाले कार्की अल्पमतमा परेको थापाको भनाइ छ । अंक गणितका आधारमा मुख्यमन्त्रीले विश्वासको मत लिनसक्ने अवस्था नदेखिएकाले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुपर्ने उहाँले बताउनु भयो ।

‘मुद्दा मामिला गरेर कोशी प्रदेशमा थप अस्थिरता पैदा गर्न हुँदैन । उहाँले विश्वासको मत लिन सक्ने आधार देखाउनु भयो भने पार्टीले सहयोग गर्छ तर अहिलेको अवस्थामा विश्वासको मत पाउने अवस्था छैन’, थापाले भन्नुभयो ।

नेपाली कांग्रेस पार्टी मध्यावधिको पक्षमा नरहेको भन्दै उहाँले प्रदेशलाई अस्थिरतातर्फ धकेल्न नहुने बताए ।

गठबन्धन फेरिएसँगै अहिले एमाले(माओवादीका सांसदले हिक्मत कार्कीको नेतृत्वमा सरकार गठन हुन सक्ने आधारसहित प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्नु भएको छ छ ।

(नेपाल प्रेसबाट)