१९ वैशाख २०८१, बुधवार

गाउँपालिका पूर्व उपाध्यक्ष गिरीविरुद्ध प्रहरीमा उजुरी

२८ चैत २०८०, बुधवार
Image

विर्तामोड, २८ चैत । हल्दिबारी गाउँपालिकाका पूर्व उपाध्यक्ष डम्बर गिरीले जातीय भेदभाव तथा अपमानजनक व्यवहार गरेको भनेर प्रहरीमा उजुरी पुगेको छ ।

झापा जिल्ला समन्वय समितिका पूर्व प्रमुख एवम् नेकपा एमालेका नेता सोम पोर्तेलले आज दिउँसो इलाका प्रहरी कार्यालय अनारमनी (विर्तामोड)मा आफै उपस्थित भएर उजुरी दिनु भएको हो ।

गिरीले चैत १८ गते पोर्तेलसँग मोवाइल फोनमा कुराकानी गर्ने क्रममा जातीय रुपमा अपमानित गर्ने गरी विभिन्न अपशब्द बोलेको र गाली बेइज्जति गरेको उक्त उजुरीमा उल्लेख छ ।

पोर्तेलले फोनमा भएको कुराकानीको अडियो रेकर्डलाई प्रमाणको रुपमा प्रहरीमा बुझाउनु भएको छ । उहाँले जातीय भेदभाव र अपमानजनका व्यवहार भएको हुँदा गिरीमाथि कानूनी कार्वाहीको माग गर्नु भएको छ ।

गिरी नेकपा एमालेकै पूर्व कार्यकर्ता हुनुहुन्छ । गत आम निर्वाचनमा झापा क्षेत्र नं. ३ मा बागी उम्मेद्वार बनेपछि पार्टीले अनुशासनको कार्वाही गरेको थियो ।

पोर्तेलले उजुरी दिएपछि प्रहरी कार्यालयको परिसरमा संक्षिप्त पत्रकार सम्मेलन गर्दै जातीय विभेद र अपमानजनक व्यवहार असह्य भएको हुँदा सचेत नागरिकको आधारमा दोषीविरुद्ध कानूनी कार्वाहीको बाटो रोजेको बताउनुभयो ।

गिरीसँग व्यक्तिगत रीसराग र कुनै विवाद नरहेको जनाउँदै उहाँले जातको आधारमा गरिएको दूव्र्यवहार भने नसहने स्पष्ट पार्नुभयो ।