१९ वैशाख २०८१, बुधवार

बेहुली बनिन् गायिका एलिना चौहान

५ वैशाख २०८१, बुधवार
Image

झापा, ५ वैशाख। चर्चित गायिका एलिना चौहानले बुधबार विवाह गरेकी छन् । 

झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा आज  वैवाहिक समारोहको आयोजना भएको थियो । बेहुला विष्णु सापकोटासँग उनको विहे भएको हो ।

बेहुला बेहुलीको पहिरनमा ठाँटिएका उनीहरुले खुसी हुँदै औंठी साटासाट गरे । आफन्त र एलिना निकट कलाकारहरु रचना रिमाल, मेलिना मैनाली लगायत विवाहमा उपस्थित थिए ।

बेहुला विष्णु बागलुङको घरबाट जन्ती लिएर मंगलबार बेलुका झापा पुगेका थिए ।