२२ वैशाख २०८१, शनिवार

अग्रज पत्रकार दिपीन राई ‘फोनिज युके पुरस्कार’बाट सम्मानित

१० वैशाख २०८१, सोमवार
Image

झापा, १० बैशाख । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले हरेक वर्ष प्रदान गर्दै आएको फोनिज युके पत्रकारिता सम्मान तथा पुरस्कार पत्रकार झापाका अग्रज पत्रकार दिपीन राईलाई प्रदान गरिएको छ ।

नेपाल पत्रकार महासंघको स्थापना दिवस र महासंघका संस्थापक सत्यनारायण बहादुर श्रेष्ठको योगदानको सन्दर्भमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा राईलाई उक्त पुुरस्कार प्रदान गरिएको हो ।

पत्रकार राईसँगै चितवनकी पत्रकार संगीता चेपाङलाई फोनिज युके पत्रकारिता सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । सम्मान र पुरस्कारको राशी जनही रु. २५ हजार रहेको छ । 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले दुबै पत्रकारलाई उक्त पुरस्कार प्रदान गर्नुभयो । उहाँले सत्य तथ्यका आधारमा पत्रकार महासंघको संस्थापक अध्यक्षको विवाद निरुपण हुनुपर्ने बताउनुभयो । 

कार्यक्रममा फोनिजका अध्यक्ष गजुरधन राईले पत्रकारहरुलाई संगठित गरेर पहिलोपटक पत्रकार संघ गठन गर्ने व्यक्ति सत्यनारायण बहादुर श्रेष्ठ नै भएको इतिहासको तथ्य रहेको बताउनुभयो । पत्रकार महासंघले संस्थापक अध्यक्षको विवाद निरुपण गर्दै वैशाख ९ गते स्थापना दिवस मनाउनुपर्ने उहाँको सुझाव थियो । 

कार्यक्रममा फोनिज युकेकी निवत्र्तमान अध्यक्ष गोमा रानामगरको  समेत उपस्थिति रहेको थियो ।