२३ वैशाख २०८१, आइतवार

बाहुनडाँगीमा खानेपानीको सिस्टम उद्घाटन

१३ वैशाख २०८१, बिहिवार
Image

धुलाबारी, १३ बैशाख । मेचीनगर सहलगानी खानेपानी तथा सरसफाई आयोजना अन्तरगत बाहुनडाँगीमा स्थापना गरिएको सिस्टमको आज उद्घाटन गरिएको छ । 

मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले सो सिस्टमको उद्घाटन गर्नुभएको हो । संघीय सरकार खानेपानी मन्त्रालय र नगरको सहलगानीमा सो सिस्टमको निर्माण भएको हो । 

आयोजना अन्तरगत धुलाबारी, चारआली र बाहुनडाँगीमा रु १५ करोड ५७ लाख ३८ हजार ६७७ को लागतमा सिस्टमको निर्माण भएको छ । जसमध्ये काँकरभिट्टा खानेपानी तथा सरसफाई आयोजनामार्फत बाहुनडाँगीमा स्थापना गरिएको सिस्टमको आज उद्घाटन गरिएको हो ।

मेचीनगर नगरपालिका वडा नम्बर २,३ र ४ का एक हजार ९०० घर परिवार सो सिस्टमबाट वितरण गरिने खानेपानीबाट लाभान्वित हुने मेचीनगर सहलगानी खानेपानी तथा सरसफाई आयोजनाका अध्यक्ष राजकुमार पराजुलीले जानकारी दिनुभयो । 

उहाँले बाहुनडाँगीमा रु. छ करोड ३८ लाख ४१२ लागतमा सिस्टमको निर्माण गरिएको बताउनुभयो । जसमध्ये काँकरभिट्टा खानेपानी तथा सरसफाई संस्थाको २० प्रतिशत, मेचीनगरको पाँच प्रतिशत र उपभोक्ता श्रमदानबाट पाँच प्रतिशत लगात सहभागिता रहेको छ ।

कार्यक्रममा नगरका पूर्व प्रमुख विमल आचार्य, निर्माण व्यवसायी देबेन्द्र चौलागाईलागयतले बोल्नुभएको थियो । सिस्टम स्थापनाका लागि स्थानीयवासी अम्बिका कार्की र टेकबहादुर कार्कीले एक एक कठ्ठा जग्गा निःशुल्क उपलब्ध गराउनुभएको थियो ।