२३ वैशाख २०८१, आइतवार

खेलकुद

पचास वर्ष अघि नै चन्द्रगढीमा फुटबल खेल्न आउँथे भारतका टिमहरु

१३ वैशाख २०८१, बिहिवार
Image

झापा, १३ बैशाख । झापामा फुटबल प्रतियोगिताको लामो र गौरवपूर्ण इतिहास छ । अहिले जति पनि प्रतियोगिता भइरहेका छन्, टिम सहभागिताको दृष्टिकोणले पचास वर्ष अघिका प्रतियोगिता कम आँक्ने खालका थिएनन् ।

पचास वर्ष अघि वि.सं. २०३२ असोज ७ गतेदेखि चन्द्रगढीस्थित रंगशालामा त्रिभुवन मेमोरियल फुटबल टुर्नामेन्ट आयोजना भएको थियो । जसमा भारतका नौ टिम समेतले प्रतिष्पर्धा गरेका थिए ।

उसबेलाको विवेचना अर्धसाप्ताहिक पत्रिकाका प्रकाशित समाचार अनुसार प्रतियोगितामा जम्मा १९ टिमले भाग लिएका थिए ।

भारतबाट तत्कालीन कलकत्ताका ३ टिम र विहारको भागलपुर र जमालपुर टिमले भाग लिएका थिए भने जल्पाइगुढी, नक्सलबारी, आसाम राइफल्स र गोर्खा राइफल्सको टिमले पनि प्रतिष्पर्धा गरेको थियो ।

उसबेला भारतमा मोहन बगान नामको टिम निकै प्रख्यात थियो । नेपालका प्रतियोगिताहरुमा उक्त टिमको निकै चर्चा हुने गथ्र्यो ।

हालको मेची रंगशालालाई उसबेला चन्द्रगढी रंगशाला भनिन्थ्यो । रंगशालामा वर्षेनी मेची अञ्चल खेलकुद समितिले त्रिभवुन मेमोरियल फुटबल प्रतियोगिता आयोजना गर्दथ्यो ।

उक्त प्रतियोगितामा नेपालबाट मेचीका २ टिमले भाग लिएका थिए । बागमती, जनकपुर, कोशी, सगरमाथा, गण्डकी र लुम्बिनीका एक एक टिमले प्रतिष्पर्धा गरेका थिए ।

भुटानबाट समेत एउटा टोलीले प्रतियोगितामा भाग लिएको थियो ।