७ जेठ २०८१, सोमवार

लागू पदार्थको दूर्ब्यसनविरुद्ध नारी सञ्चार गृहको कार्यक्रम

२७ वैशाख २०८१, बिहिवार
Image

भद्रपुर, २७ बैशाख । पछिल्लो समय झापामा लागू औषध दुव्र्यसनी तथा ओसार–पसारमा बृद्धि भएको भन्दै चिन्ता व्यक्त गरिरहेका बेला झापाको भद्रपुरमा सेचतनामूलक कार्यक्रम सुरु भएको छ । 

भद्रपुर नगरपालिकाको सहयोग र नारी सञ्चार गृह झापाको आयोजनामा भद्रपुर नगरपालिका वडा नं. २ मा ‘लागू औषध दूर्ब्यसन तथा ओसार–पसार नियन्त्रणमा हाम्रो भूमिका’ विषयक दुई दिने कार्यक्रम विहिबार सुरु भएको हो ।

भद्रपुर–९ मा बुधवार कार्यक्रम हुनेछ । कार्यक्रमको प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला र वडा नं. २ का अध्यक्ष रामप्रसाद अधिकारी हुनुहुन्थ्यो । 

कार्यक्रममा भद्रपुर नगरपालिका वडा नं. १, २ र ३ नं. का टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, आमा समूहमा आवद्ध महिलाहरु लगायतको सहभागिता रहेको थियो ।

इलाका प्रहरी कार्यालय हल्दिबारीका इन्चार्ज प्रहरी सहायक निरीक्षक ओमराज पौडेलले लागू औषध प्रयोगको जिल्लाको तुलनात्मक तथ्याङ्कीय अवस्था, कानूनी व्यवस्था, लागू औषध प्रयोगमा बालबालिका, महिला, युवा तथा वयस्कका अवस्था लगायतका विषयमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो ।

नारी सञ्चार गृहकी झापाकी अध्यक्ष रेजिना गौतमको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा पूर्व अध्यक्ष सावित्रा दाहाल र भीमा शिवाकोटीले समेत बोल्नु भएको थियो  । कार्यक्रम संयोजक जोस्ना श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा सगरमाथा माविका प्रधानअध्यापक डम्बर खनाल,  हिमाली टोल विकास संस्था भद्रपुर–१ की अध्यक्ष निलिमा खनाल, चन्द्र सूर्य टोल विकास संस्थाका सचिव देवराज श्रेष्ठ लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।