२३ भदौ २०८१, आइतवार

उत्कृष्ट शिक्षक र विद्यार्थीलाई शिक्षा प्रमुखको सम्मान

३२ असार २०८१, सोमवार
Image

मेचीनगर, ३१ असार । मेचीनगरका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले जन्मदिनको उपलक्ष्यमा एसइइमा नगरकै उत्कृष्ट नतिजा ल्याउने बालकल्याण माध्यमिक विद्यालयको सामुदायिक अक्षयकोषमा छ हजार एक सय पन्ध्र रुपैयाँ प्रदान गर्नु भएको छ ।

आज उहाँको जन्मदिन हो । विद्यालयमै गएर उहाँले प्रधानाध्यापक नारायण न्यौपानेलाई सहयोग रकमको चेक हस्तान्तरण गर्नु भएको थियो । 

त्यसैगरी, उहाँले पछिल्लो एसइइ परीक्षामा सबैभन्दा राम्रो नतिजा ल्याउने विद्यालयकी छात्रा अप्सना पुरीलाई पाँच हजार रुपैयाँ नगद प्रोत्साहन दिनु भएको छ ।

उहाँले आफ्नो विषयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालयका शिक्षक दीपाकुमारी भारती र प्रकाश शर्मा घिमिरेलाई सम्मान गर्नुभयो ।

मेचीनगरका सामुदायिक विद्यालयतर्फ उत्कृष्ट भएको बाल कल्याण माविले एसइइमा ७० प्रतिशत भन्दा बढी विद्यार्थी उत्तीर्ण गराएको थियो ।