२ कार्तिक २०८१, शुक्रवार

अहिले भर्खरै

जहाजमा चालक दलसहित १९ जना यात्रु

९ साउन २०८१, बुधवार
Image

झापा, ९ साउन ।  त्रिभुवन विमानस्थलमा आज विहान ११ बजे दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजमा १९ जना यात्रु रहेका छन् ।

उक्त जहाज काठमाडौंबाट पोखराका लागि उड्ने क्रममा रनवेबाट चिप्लिएको थियो । 

विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको पुष्टि गर्नुभयो । यसअघि अवतरणको क्रममा दुर्घटना भएको खबर आएको थियो ।

उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना छन् । 

विमानमा आगलागी भई धुवाँको मुस्लो उडिरहेको छ । सुरक्षाकर्मी र विमानस्थलका अग्निनियन्त्रकहरू आगो निभाउन लागि परेका छन् ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।