२ कार्तिक २०८१, शुक्रवार

अहिले भर्खरै

दुर्घटनामा परेको जहाज जलेर ध्वस्त (भिडियो पनि हेर्नुहोस्)

९ साउन २०८१, बुधवार
Image

झापा, ९ साउन । काठमाडौंबाट पोखराका लागि उड्ने क्रममा रहेको सौर्य एयरलायन्सको एन–एएमई सीआरजे २००० जहाज दुर्घटनामा परेको छ ।

विमान रनवे बाहिर गएर दुर्घटना परेको छ । दुर्घटनामा परेको जहाज जलेर ध्वस्त भएको छ ।

प्रत्यक्षदर्शीहरुका अनुसार रनवेबाट उड्ने क्रममा विमान रनवे बाहिरको सानो थुम्कीमा ठोक्किएपछि आगो लागेको थियो ।

दुर्घटना भएको स्थानमा जहाजबाट धुँवाको मुस्लो उडिरहेको र वरपर भीड जम्मा भएको देखिन्छ ।

ठूलो आवाजका साथ जहाज ढिस्कोमा ठोक्किएको थियो । जहाजमा १९ जना यात्री छन् ।

उद्धारकर्मीहरुले पानीको फोहोराले छ्यापेर आगो निभाउने प्रयास गरिरहेका छन् ।