२ कार्तिक २०८१, शुक्रवार

धुलाबारी क्याम्पसको अध्यक्षमा भिम खवास सर्वसम्मत

२६ साउन २०८१, शनिवार
Image

झापा, २६ साउन । धुलाबारी क्याम्पसको अध्यक्षमा शिक्षासेवी भिम खवास पुनः सर्वसम्मत चयन हुनु भएको छ।

आज क्याम्पसको प्रथम बार्षिक साधारण सभाले खवासलाई दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन गरेको हो । 

समितिको उपाध्यक्षमा पुनित बंशल, सदस्यहरूमा वीपी भट्टराई, कृष्ण कौशल, सुष्मा कार्की डोली, नमिता बुढाथोकी, शुशिला रिजाल र सदस्य सचिवमा क्याम्पस प्रमुख पुष्पराज पौडेल चयन हुनु भएको छ। समितिमा मेचीनगर नगरपालिकाका प्रतिनिधि, कार्यक्रम संयोजक र पूर्वाञ्चल युनिभर्सिटीका प्रतिनिधि समेत रहने व्यवस्था छ। 

नवनिर्मित कार्यसमितिको कार्यकाल ३ वर्षे रहने निर्वाचन समिति संयोजक अजय घिमिरेले जानकारी दिनुभयो। 

कार्यक्रमको प्रमुख अतिथि मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी हुनुहुन्थ्यो भने क्याम्पसका संस्थापक उपाध्यक्ष राम कट्टेल, मेचीनगर वडा नं. १५ का वडाध्यक्ष गुणराज भट्टराई, तत्कालीन क्याम्पस भवन निर्माण समितिका सचिव पुनित बंशल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

क्याम्पसमा हाल स्नातक तहको सिभिल इन्जिनियरिङ कक्षा सञ्चालन भइरहेको छ । 

खवासकै अध्यक्षता र स्वागतमा सम्पन्न कार्यक्रमको सञ्चालन क्याम्पस प्रमुख पुष्पराज पौडेलले गर्नु भएको थियो ।