२ कार्तिक २०८१, शुक्रवार

धादिङको धानखेतमा हेलिकप्टर आकस्मिक अवतरण

२९ साउन २०८१, मङ्गलवार
Image

झापा, २९ साउन । पोखराबाट बिरामी लिएर काठमाडौँ आउँदै गरेको कैलाश हेलिकप्टर धादिङको धन खेतमा आज आकस्मिक अवतरण गरेको छ। 

नाइन एन एएमएल कलसाइन भएको हेलिकप्टर धादिङको थाक्रे गाउँपालिका वडा नं. ७ आठकिलोमा आकस्मिक अवतरण गरेको हो। 

पोखराको मनिपाल अस्पतालबाट विमारी लिएर आएको हेलिकप्टर मौसम खराबीका कारण आकस्मिक अवतरण गरिएको बताइएको छ।  

पोखराबाट बिरामी तिलकप्रसाद पराजुली सहित ५ जना यात्रु ल्याएको हेलिकप्टर आठकिलो भन्ने स्थानको धान खेतमा सुरक्षित अवतरण गरेको हो।