२ माघ २०८१, बुधवार

स्वमूल्यांकनमा झापाकै उत्कृष्ट बन्यो कनकाई

१० भदौ २०८१, सोमवार
Image

झापा, ११ भदौ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा ८५ दशमलब ५० अंकका साथ कनकाई झापाको उत्कृष्ट नगरपालिका बनेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौं ६ गते ७५३ स्थानीय तहको स्वमूल्यांकन नतिजा सार्वजनिक गरेको थियो । जसमा कनकाई नगरपालिका झापामा पहिलो बनेको हो ।

त्यसपछि ७७ अंकका साथ झापा गाउँपालिका दोस्रो, ७६ दशमलब ५० अंकका साथ दमक नगरपालिका तेस्रो र ७५ दशमलब ७५ अंकका साथ मेचीनगर नगरपालिका चौथो भएका छन् ।

यसैगरी, बाह्रदशीले ७३.७५ अंक, शिवसताक्षीले ७३ अंक, भद्रपुरले ७२.२५, कमलले ७१.२५, गौरादहले ६४.२५, गौरीगञ्जले ६३, कचनकबलले ६०.७५, अर्जुनधाराले ६०.२५, विर्तामोडले ५९.५०, हल्दिबारीले ५२.२५ र बुद्धशान्तिले ४३.७५ अंक प्राप्त गरेका छन् ।

गउँ तथा नगरपालिकाको कार्य प्रक्रिया र उपलब्धिको लेखाजोखा गरी गुणस्तर परीक्षण गरेर उक्त नतिजा सार्वजनिक गरिएको मन्त्रालयले जनाएको छ ।

यो मूल्यांकन आर्थिक वर्ष २०७९/०८० को हो । बिगतमा उत्कृष्ट नतिजा ल्याउने गरेका विर्तामोड यसपटक खस्किएको छ भने कनकाईले आफ्नो उत्कृष्टताको विरासत कायमै राखेको छ । मेचीनगरले भने बिगतमा खस्किने गरेको नतिजा यसपाली उल्लेख्य मात्रामा सुधार गरेको देखिन्छ ।