११ पुष २०८१, बिहिवार

कालिकोट जिप दुर्घटनाका घाइतेलाई सेनाको हेलिकप्टरबाट सुर्खेत ल्याइयो

२५ कार्तिक २०८१, आइतवार
Image

सुर्खेत । कालीकोटको पलाँता गाउँपालिका-३ को राडीनेटामा भएको जिप दुर्घनाका घाइतेलाई नेपाली सेनाको हेलिकप्टरमा सुर्खेत ल्याइएको छ ।

दुर्घटनामा घाइते भएकालाई हेलिकप्टरबाट उपचारका लागि सुर्खेत ल्याइएको हो ।  घाइतेहरुलाई प्रदेश अस्पताल सुर्खेतमा उपचारका लागि ल्याइएको प्रदेश प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार कालिकोटको पलाँता गाउँपालिकाको थिर्पुदेखि राम्नाकोट जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको जिप राडीनेटामा दुर्घटना भएको थियो । 

जिप करिब २ सय मिटर तल खसेको र दुर्घटनामा ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ९ जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा परी मृत्यु हुनेहरुको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।