३० कार्तिक २०८१, शुक्रवार

खोला दोहन गर्ने नौ ट्याक्टर नियन्त्रण

३० कार्तिक २०८१, शुक्रवार
Image

झापा, ३० कात्तिक । अर्जुनधारा नगरपालिका वडा नं. ७ स्थित बिरिङ खोलामा ढुंगा, गिटी र बालुवा अबैध रुपमा उत्खनन गरिरहेको अवस्थामा नौ वटा ट्याक्टरलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ ।

प्रहरी चौकी शनिश्चरे र सशस्त्र प्रहरी बलको शनिश्चरे सुरक्षा बेसबाट खटिएको संयुक्त टोलीले ती ट्याक्टरहरु नियन्त्रणमा लिएर आवश्यक कार्वाहीका लागि नगरपालिकामा बुझाइदिएको जिल्ला प्रहरी  कार्यालय झापाका सूचना अधिकारी चन्दले जानकारी दिनुभयो ।

नियन्त्रणमा लिइएका ट्याक्टरहरुमा मे१त ५३२६, मे१त ७५२९, प्र१०१–००१ त ९३००, मे१त ८४२०, मे१त ८८८६, मे१त ६०८०, मे१त २४८३, मे१त ७२९४ र अर्को एउटा नम्बर नखुलेको ट्याक्टर रहेको उहाँले बताउनुभयो ।