३० कार्तिक २०८१, शुक्रवार

सुनचाँदीको मुल्यमा सामान्य वृद्धि, तोलाको कति पुग्यो ?

३० कार्तिक २०८१, शुक्रवार
Image

काठमाडौं । आज सुनचाँदीको मुल्यमा सामान्य वृद्धि भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक सयले बढेर तोलाको एक लाख ६० हजार एक सयमा कारोबार भइरहेको छ ।

यसअघि विहिबार सुन तोलाको एक लाख ६० हजारमा कारोबार भएको थियो  ।

त्यस्तै आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर तोलाको १९१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।