८ मंसिर २०८१, शनिवार

महोत्तरीमा उत्कृष्ट करदाताको रुपमा भण्डारी दोश्रो पटक सम्मानित

७ मंसिर २०८१, शुक्रवार
Image

बिशाल बस्नेत, महोत्तरी । महोत्तरीमा नै सवैभन्दा बढी कर तिरेवापत व्यवसायी तथा समाजसेवी कुमार भण्डारी सम्मानित भएका छन् ।

मापदण्डमा आधारित भएर राज्यलाई सवैभन्दा बढी कर तिरेको भन्दै आन्तरिक राजस्व कार्यालय जनकपुरले भण्डारीलाई सम्मानित गरेको हो ।

अघिल्लो आर्थिक बर्षमा समेत उत्कृष्ट करदाताकोरुपमा सम्मानित भएका भण्डारीले व्यवसायी इमान्दारिता हरेकमा हुनुपर्ने वताउदै करमा सवैले इमान्दारिता देखाउनु पर्ने धारणा राखे । तर राज्यलाई तिरेको कर सरकारले व्यावसायिक हकहितको लागि प्रयोग गर्नुपर्ने उनको भनाई छ ।

बर्दिवासमा संचालित  रक्षा टेडर्स एण्ड सप्लायर्सको माध्यमवाट उत्कृष्ट कारोवार गर्दै करप्रती भण्डारीले देखाएको इमान्दारिता अनुकरणीय भएको कर कार्यालय प्रमुख आनन्द गुप्ताले वताए । ‘एउटा व्यापारी  लगातार उत्कृष्ट करदाताकोरुपमा समानित हुनु निक्कै ठुलो विषय हो ।’ प्रमुख गुप्ताले भने । ‘अन्य व्यापारीहरुले पनि व्यावसायिक इमान्दारिता र राज्यप्रतिको दायित्वलाई आत्मासाथ गर्ने पर्छ ।’

रक्षा टेडर्सले आर्थिक वर्ष २०७९/८० मा मात्र भण्डारीले १७ करोड भन्दा बढी कारोवार गरेको आन्तरिक राजस्व कार्यालयले जनाएको छ ।