१२ पुष २०८१, शुक्रवार

प्रवास खबर

झापाली समाजको अमेरिकाको अध्यक्षमा उप्रेती निर्वाचित

११ पुष २०८१, बिहिवार
Image

झापा, ११ पुस । अमेरिकामा रहेका झापालीहरुको संस्था झापाली समाज अमेरिकाको अध्यक्षमा मोहनकुमार उप्रेती निर्वाचित भएका छन् । 

एक सय १४ मत ल्याई विजयी बनेका उप्रेतीका प्रतिस्पर्धी डा. भेषराज मैनालीले ८८ मत ल्याए । 

यसैगरी, वरिष्ठ उपाध्यक्षमा १ सय ४ मत ल्याई निलम विमली निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी मोहन ओलीले ९८ मत पाए । उपाध्यक्षमा डा. कुमार मैनाली, भुमा खरेल, आसिव संग्रौला र रोशन विमली निर्वाचित भएका छन् । उनीहरु चारैजना निर्विरोध निर्वाचित भएका हुन् ।  

त्यस्तै, महासचिवमा १ सय १३ मतकासाथ सीता पाण्डे निर्वाचित भएकी छिन् । महासचिबका अर्का उम्मेद्धार युवराज खनालले ८९ मत ल्याएका छन् । सचिबमा तोया पौडेल र कोषध्यक्षमा प्रसन्न संग्रौला निर्वाचित भएका छन् ।

सहकोषाध्यक्षमा उत्सव गौतम, महिला संयोजकमा गौरी रिसाल, युवा संयोजकमा उज्जवल रे र सञ्चार संयोजक तथा प्रवक्तामा कल्पना पाण्डे निर्वाचित भएका छन् । 

सातजना कार्यकारी सदस्यमा कविन्द्र सिटौला, लक्ष्मी ढुंगाना, दिपा ओली, राजकुमारी (रोजा) ओली, देवेन्द्र शिवाकोटी, कृष्ण तिम्सिना र राजेन्द्र पाण्डे विजयी भएका छन् ।

गत २१ र २२ डिसेम्बरमा भएको समाजको अनलाईन भोटिङमा कुल २ सय १७ मध्ये २ सय २ अर्थात ९३ दशमलव ९ प्रतिशतले मतदान गरेको निर्वाचन समितिका उप आयुक्त खगेन्द्र अधिकारीले बताएका छन् । नव निर्वाचित समितिको कार्यकाल ३ वर्षको रहनेछ ।

समाजले झापा लगायतका केहि जिल्लामा गरिव तथा जेहेन्दार वालवालिकालाई पढाउने लगायतका परोपकारी कार्य गर्दै आएको छ । 

३ सदस्यीय निर्वाचन समितिको आयुक्तमा डा. शम्भु ढुंगाना, उप आयुक्तमा अधिकारी र आयुक्तमा डिल्ली थापा थिए । 

निर्वाचन समितिले नव निर्वाचित पदाधिकारीहरुका लागि यहि जनवरी ४ मा भर्चुअल माध्यमबाट पदस्थापन, पद हस्तान्तरण र सपथग्रहण गरिने जानकारी दिएको छ ।

लेखकको बारेमा
Image
गोपाल गड्तौला

हाल अमेरिकाको टेक्सासमा बसोबास गरिरहनु भएको झापाका गोपाल गड्तौला हिमाल खबर म्यागेजिनमा लामो समयदेखि कार्यरत एवम् खोजमूलक पत्रकारितामा रुचि राख्ने वरिष्ठ पत्रकार हुनुहुन्छ ।