२३ पुष २०८१, मङ्गलवार

मानव धर्मको स्वास्थ्य शिविरमा आठ सयले पाए उपचार

२१ पुष २०८१, आइतवार
Image

मेचीनगर, २१ पुस । नेपाल मानव धर्म सेवा समितिले मेचीनगर वडा नं. २ को बौद्धमोडमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । 

शिविरमा फिजिसियनतर्फ ३५७ जना, आँखातर्फ ३५७ जना, गाइनोतर्फ ४३ जना र बालरोगतर्फ ६७ जनाले औषधोपचार सेवा लिएका थिए । उनीहरुलाई आवश्यकता अनुसार निःशुल्क ल्याब, इसीजी, चस्मा र औषधिसमेत वितरण गरिएको आयोजकले जनाएको छ ।  

स्वास्थ्य शिविरमा वरिष्ठ बालरोग विशेषज्ञ डा. सुभास बस्नेत, वरिष्ठ फिजिसियन डा. डालिम काफ्ले, बरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. एलिजा गौतम, वरिष्ठ नेत्र विशेषज्ञ डा. योगेन्द्र राउतलगायतका चिकित्सकले सेवा दिएका थिए । 

आराध्या माताजीको जन्मोत्सवको पावन अवसर पारेर नेपाल मानव धर्म सेवा समितिले सामाजिक उत्तरदायित्व अन्तरगत शनिबार एक दिने स्वास्थ्य सेवा आयोजना गरेको हो ।

नेपाल मानव धर्म सेवा समितिका सुवर्ण बाइजीको अध्यक्षतामा आयोजित कार्यक्रमको उद्घाटन मेचीनगर वडा नं. २ का वडाध्यक्ष दिपक बरालले गर्नु भएको थियो । 

सो अवसरमा अग्रज समाजसेवी ज्ञानबहादुर तामाङ, गोपी रिजाल, यज्ञप्रसाद भण्डारी, छविलाल काफ्ले, नगेन्द्रप्रसाद रिजाल, तुलसी ढुङ्गाना, पुष्प गुरागाई, कुमार ढुङ्गाना, शिक्षासेवी दिनेश खड्कालगायतको उपस्थिति रहेको थियो । 

नेपाल मानव धर्म सेवा समिति मेची क्षेत्र श्रद्धेय आश्रम मेचीनगरका सञ्चालक समिति सदस्य सचिन निरौलाले स्वागत गरेको कार्यक्रम सञ्चालन सचिव कमल पौडेलले गर्नु भएको थियो ।  

शिविरमा ओमसाई पाथीभरा हस्पिटल भद्रपुरका विशेषज्ञ चिकित्सकहरुले सेवा दिएका थिए ।