२३ माघ २०८१, बुधवार

सडकमा हिँडिरहेका मजदूरलाई कारले किच्यो, एकको मृत्यु अर्का घाइते

२७ पुष २०८१, शनिवार
Image

झापा, २७ पुस । कारले ठक्कर दिदा मेचीनगर वडा नं. १५ ज्यामिरगढीमा एक जना भारतीय मजदुरको मृत्यु भएको छ ।

शुक्रवार राति साढे ९ बजेतिर स्थानीय हिमशिखर प्याइउड कारखानाका मजदूर २५ वर्षीय पप्पु रायको मृत्यु भएको हो ।

उक्त घटनामा २० वर्षीय केशव मादक नामका अर्का भारतीय मजदूर गम्भीर घाइते भएका छन् । उनको बीएन्डसी हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

शुक्रवार राति सडकमा हिँडिरहेको अवस्थामा राय र मादकलाई ठक्कर दिएर कार भागेको थियो । प्रहरीले उक्त घटनामा संलग्न भएको आशंकामा भारतको बागडुग्रा निवासी २३ वर्षीय रोसन खत्रीलाई कारसहित नियन्त्रणमा लिइएको जनाएको छ ।

नियन्त्रणमा लिइएको कार डब्ल्यूबी ७४ एजी १२२५ नम्बरको रहेको छ । कार र खत्रीलाई आज नियन्त्रणमा लिइएको हो ।