१ माघ २०८१, मङ्गलवार

माइती नेपाललाई प्रधानमन्त्रीको एक करोड सहयोग

२९ पुष २०८१, सोमवार
Image

झापा, २९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले माइती नेपाललाई रु. एक करोड सहयोगको घोषणा गर्नु भएको छ ।

आज माइती नेपालको गौशालास्थित केन्द्रीय कार्यालयको स्थलगत निरीक्षण पश्चात ओलीले अक्षयकोष वृद्धिका लागि उक्त सहयोगको घोषणा गर्नु भएको हो ।

माइती नेपालकी संस्थापक अनुराधा कोइरालाले संस्थाले सञ्चालन गरिरहेका पुनस्र्थापना गृह, एचआइभी एआरटी सेवा र बाल संरक्षण गृहको अवलोकन गराउनु भएको थियो ।

विदेशमा बेचिएका नेपाली चेलीहरुको उद्धार र हिंसामा परेका महिलाको पुनस्र्थापनाका लागि माइती नेपाल प्रख्यात रहँदै आएको छ ।