९ माघ २०८१, बुधवार

प्रिन्सिपल राई अमेरिकी युनिभर्सिटीको ‘डाक्टर अफ फिलोसफी’ उपाधिबाट सम्मानित

६ माघ २०८१, आइतवार
Image

झापा, ६ माघ । इस्ट होराइजन अंग्रेजी माध्यमिक विद्यालयका संस्थापक प्रिन्सिपल सञ्जीव राई मेरील्यान्ड स्टेट युनिभर्सिटीको ‘डाक्टर अफ फिलोसफी इन एजुकेसन’ उपाधिले सम्मानित हुनु भएको छ ।

मलेसियामा शुक्रवार आयोजित एक कार्यक्रममा युनिभर्सिटीले प्रिन्सिपल राईलाई उक्त मानार्थ उपाधि प्रदान गरेको हो ।

शिक्षाको माध्यमबाट समुदायमा जागरण फैलाउन योगदान दिएका विश्वभरिका उत्कृष्ट शिक्षासेवीहरुलाई युनिभर्सिटीले उक्त उपाधि दिने गरेको छ ।

मलेसियाको होटल सनवेमा उपाधि हस्तान्तरण कार्यक्रम राखिएको थियो । प्रिन्सिपल राई यसअघि नेपाल सरकारबाट समेत सम्मानित हुनु भएको थियो ।

यसैबीच, इस्ट होराइजन माविलाई मलेसियामा यसै साता आयोजित विश्व स्कुल शिखर सम्मेलन (वल्र्ड स्कुल समिट)मा सम्मानित भएको छ ।

बेस्ट अल राउन्डर स्कुल विधातर्फ प्राप्त उक्त सम्मान विद्यालयका प्रिन्सिपल सञ्जीव राई र प्रमुख प्रशासक सावित्री सापकोटा राईले ग्रहण गर्नु भएको थियो ।

मलेसियाको हेल्प युनिभर्सिटीमा यही जनवरी १६ देखि १८ तारिखसम्म आयोजित विश्व स्कुल सम्मेलनमा नेपाल लगायत विश्वसका १०० भन्दा बढी विद्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

औपचारिक पढाइसगै अतिरिक्त क्रियाकलापमा आफ्ना विद्यार्थीलाई  अब्बल बनाउन, अहिलेको शैक्षिक आवश्यकता परिपूर्ति गर्न र उत्कृष्टताका लागि रचनात्मक एवम् कलात्मक क्षेत्रमा विशिष्ट कार्य गरेको कारण इस्ट होराइजनलाई सम्मान गरिएको प्रमुख प्रशासक सावित्री सापकोटा राईले बताउनुभयो ।

उक्त सम्मेलनमा वर्तमान शैक्षिक अवस्था, ग्लोबल सिटिजन, त्यसका लागि आवश्यक शिक्षाको बारेमा विभिन्न देशका शिक्षाविद्हरुले छलफल गरेका थिए ।

सोही कार्यक्रममा सहभागिताको सिलसिलामा विद्यालयका प्रिन्सिपल सञ्जीव राई र प्रमुख प्रशासक सावित्री सापकोटा राई हाल मलेसिया भ्रमणमा हुनुहुन्छ ।