९ माघ २०८१, बुधवार

नेपाल फाइनान्सले नाफा २ करोड कमाएयाे

९ माघ २०८१, बुधवार
Image

काठमाडौं, माघ ०९ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल फाइनान्सले नाफा कमाएको छ । कम्पनीले २ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको हो । यो नाफा गत वर्षको भन्दा २४२५.१२ प्रतिशतले धेरै हो । गत वर्ष यसले ८ लाख १२ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो । यो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद ब्याज आम्दानी १२.१५ प्रतिशत र सञ्चालन नाफा ३५०७.७० प्रतिशतले बढेको छ । यसले गर्दा कम्पनीको नाफा बढ्न टेवा पुगेको छ । 

हाल यसको चुक्ता पुँजी ७२ करोड ९९ लाख रुपैयाँ रहेको छ । यसको रिजर्भ कोषमा भने ४८ करोड २१४ लाख रुपैयाँ रहेको छ । कम्पनीको खराब कर्जा पनि १०.५२ प्रतिशतबाट थोरै घटेर १०.४६ प्रतिशत भएको छ । यता, कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । यसको प्रतिसेयर आम्दानी २२ पैसाबाट बढेर ५ रुपैयाँ ६२ पैसा (वार्षिक) कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ०७ पैसा छ ।