१० माघ २०८१, बिहिवार

झापा–११ ले सिक्किममा जित्यो २० लाख भारु

९ माघ २०८१, बुधवार
Image

झापा, ९ माघ । झापा–११ फुटबल क्लवले सिक्किमको प्रतिष्ठित फुटबल प्रतियोगिता जितेर क्लवको गौरव बढाएको छ ।

भारतको सिक्किमको जोरथाङ रंगशालामा मंगलवार भएको अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि झापा ११ एफसीले जितेको हो ।

उपाधिसँगै झापा ११ एफसीले २० लाख भारु नगद पुरस्कार जितेको छ । झापाले सिक्किमको प्रतियोगितामा नेपालकै चर्च ब्वाइज युनाइटेडलाई २–० ले हराएको थियो । 

सिक्किमका मुख्यमन्त्री पीएस गोलेले प्रतियोगिताको विजेतालाई पुरस्कार वितरण गर्नु भएको थियो ।

सम्बन्धित खबर