झापा, १५ माघ । नेपाल निजामती कर्मचारी संगठन झापाले संगठनका पूर्वअध्यक्ष एवम् कोशी इञ्चार्ज लक्ष्मीप्रसाद गुरागाईलाई सम्मान गरेको छ ।
संगठनको विस्तार र हितमा अतुलनीय योगदान पुर्याएवापत संगठनको १२ औं जिल्ला अधिवेशनमा उहाँलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो ।
‘संघीयतामा सुशासन, सामाजिक सुरक्षा र श्रमको सम्मान, राजनीतिक अधिकारसहितको ट्रेड युनियन हाम्रो अधिकार’ भन्ने नाराका साथ नेपाल निजामती कर्मचारी संगठन झापाको १२ औँ जिल्ला अधिवेशन शनिबार सम्पन्न भएको छ ।
चन्द्रगढीस्थित संगठनको आफनै भवनको सभाहलमा एक भव्य समारोहका बीच प्रमुख अतिथि नेकपा (एमाले)–झापाका अध्यक्ष प्रेम गिरीले अधिवेशन उद्घाटन गर्नु भएको थियो ।
संगठनका अध्यक्ष केदार पोखरेलको अध्यक्षता एवम् सचिव कृष्ण सुवेदीले सञ्चालन गरेको अधिवेशनले आगामी तीनवर्षे कार्यकालका लागि अध्यक्ष पदमा हिरण्य न्यौपानेलाई चयन गरेको छ । भद्रपुर नगरपालिकामा कार्यरत न्यौपाने यसअघि कार्यसमितिमा उपाध्यक्ष हुनुहुन्थ्यो ।
अध्यक्षलगायत सबै पद सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक देवराज कार्कीले जानकारी दिनुभयो । खुला उपाध्यक्षमा चिरन खतिवडा र महिला उपाध्यक्षमा चन्द्रा पोखरेल, सचिवमा पूर्णचन्द्र मैनाली, सहसचिवमा चिरञ्जीवी खवास र कोषाध्यक्षमा मनोज भट्टराई चयन हुनुभएको छ भने खुला सदस्यमा हेमचन्द्र शर्मा, कृष्णप्रसाद भट्टराई, हिमाल सुवेदी, मनिषा कोइराला, कुवेरप्रसाद न्यौपाने, नर्वदा तिम्सिना, गणेशदत्त तिमल्सेना, यामकुमार कुरुम्बाङ, सागर दाहाल र हेमचन्द्र लामिछाने शर्मा, महिला सदस्यमा मञ्जु भट्टराई र दुर्गा अधिकारी तथा मधेसी सदस्यमा दिवाकर सुनरैव चयन हुनुभयो ।
लेखा आयोग संयोजकमा सुवास वि.क. र सदस्यमा रविन्द्र अधिकारी र अरुणा भट्टराई चयन हुनुभयो भने कोशी प्रदेश प्रतिनिधिमा मोहनप्रसाद ढकाल, शत्रुघनप्रसाद चौधरी, टंकनाथ दुलाल, सीता भण्डारी, मन्दिरा श्रेष्ठ, कृष्णप्रसाद सुवेदी, प्रकाश योङहाङ, जटाशंकर झा र खीना तिम्सिना सर्वसम्मत हुनुभयो ।