२९ फागुन २०८१, बिहिवार

फोनिज झापा अध्यक्षमा अर्जुन राजवंशी

१९ माघ २०८१, शनिवार
Image

धुलाबारी, १९ माघ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाको अध्यक्षमा अर्जुन राजवंशी सर्वसम्मत चयन हुनुभएको छ ।

फोनिजको आज विर्तामोडमा आयोजित सातौ अधिवेशनबाट राजवंशी अध्यक्षमा चयन हुनुभएको हो । समितिको उपाध्यक्षमा तिलक योञ्जन, सचिवमा सन्तोष बेघा, सहसचिवमा भारती राई र कोषाध्यक्षमा नरेश गुरुङ चयन हुनुभएको छ ।

तीन बर्षे कार्यकालको लागि चयन भएको समितिका सदस्यहरुमा सुरेश आले मगर, रविकिरण बान्तवा, विष्णुकुल श्रेष्ठ, सुजन राई, सौरभ मुखिया‘ए’, मिना नेम्बाङ, सुमन बेघा र डिके शेर्मा रहेका छन् ।

यसैगरी अधिवेशनबाट दीपिन राई , गणेशमान मुखिया, भूमिका फियाक, विशाल नेम्बाङ, इन्द्रसिंह राजवंशी, आनन्द गुरुङ, दिलकुमार लावती र सुशन राई केन्द्रीय महाधिवेशन प्रतिनिधिमा चयन हुनुभएको छ । 


कार्यक्रममा स्व. डिकमान विरही स्मृति पत्रकारिता पुरस्कारबाट विष्णु सुब्बालाईं पुरस्कृत हुनुभएको छ । उहाँलाई रु. २५ हजार नगद राशीसहिद पुरस्कृत गरिएको हो । उदीयमान पत्रकारिता पुरस्कार रविकिरण बान्तवा राई र सुजन राईलाई प्रति व्यक्ति रु पाँच हजार नगदसहित सम्मान गरिएको छ । सो अवसरमा रजत वर्ष स्मारिका समेच विमोचन गरिएको थियो ।

जिल्ला अध्यक्ष भूमिका सुब्बाको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस काउन्सिलका सदस्य गणेश पोखरेल, पत्रकार महासंघका प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारी, जिल्ला अध्यक्ष एकराज गिरीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।