झापा, २६ माघ । मेचीनगरमा यही फागुन ९ गते चारआली म्युजिक फेस्ट २०२५ को आयोजना हुने भएको छ ।
बज्र इभेन्टसले आज होटल मेची क्राउनमा पत्रकार सम्मेलन गरी कार्यक्रमको जानकारी दिएको हो ।
पत्रकार भेटघाट कार्यक्रममा आकास तामाङ, राजेन्द्र उप्रेती, सन्दिप थापा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन विशाल घिसिङले गरेका थिए ।
उक्त सांगीतिक कार्यक्रममा धरानको जोन एन्ड द लोकल्स ब्यान्डले विशेष प्रस्तुति दिने बज्र इभेन्टसका अध्यक्ष फुर्वा लामाले बताउनु भयो ।
चारआली चोकबाट एक किमि दक्षिण निचाझोडा सिमसार नजिक हातेमालो मैदानमा कार्यक्रम सञ्चालन हुने लामाले जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाल र भारतका संगीतप्रेमी दर्शकको उपस्थिति रहने बताइएको छ ।